ad

कावासोतीको जंगलमा बेवारिसे बम, नेपाली सेनाले डिस्फोज गर्यो

190

रामकुमार श्रेष्ठ –
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बेवारिसे बम फेला परेको छ ।


कावासोती १४ कोल्टाँडी क्षेत्रको जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

शनिबार फेला परेको बमलाई अहिले नेपाली सेनाको कालीध्वज गणका बम डिस्फोजल टोलीले दिउँसो डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।



बम जनयुद्धमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ । उक्त वम हेण्ड ग्रिनेट प्लाष्टिक बम हो ।



You might also like
Loading...