ad

लागुऔषध सहित २ जना पक्राउ

293

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।


नवलपुर प्रहरीले चेकजाँचको क्रममा कावासोती २ फलफूल चोकबाट ना ५ ख ३६९२ नम्बरको बसमा आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका ३ सहिदचोक निवासी १८ बर्षीय सुनिल गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले फेनारागन १ सय १२ एम्पुल, बुफ्रिन १ सय १२ एम्पुल र डाइजापाम १ सय १२ एम्पुल बरामद गरेको जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी अरुणखोलाले मध्यविन्दु नगरपालिका १५ माथिल्लो भिउरान बस्ने वर्ष १८ को सुदिप पाल्पालीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।



शंका लागि चेकजाँच गर्दा निजको साथबाट र निज बस्ने घरबाट नाईट्रो भ्याट १४ पत्ता अर्थात २ सय १० पिस, स्पास्मो १२ पत्ता अर्थात ९६ पिस र कोरेक्स २ बोतल बरामद गरेको हो ।



You might also like
Loading...