ad

पूर्वी नवलपरासीमा जोन्सान एण्ड जोन्सानको खोप लगाउन शुरु

157


कृशला सापकोटा –
नवलपुर । पूर्वी नवलपरासीमा जोन्सान एण्ड जोन्सान कम्पनीको जानसेन खोप लगाउन शुरु गरिएको छ ।

यो खोप ५० बर्षदेखि ५४ बर्ष उमेर समूह, अपाङ्गता भएका व्यक्ति, छुटेका स्वास्थ्यकर्मी, सरसफाईमा काम गर्ने मजदुर, विदेशमा जानु पर्ने नागरिक लगायतलाई लगाइने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । यो खोप नवलपुरमा १५ हजार ७० थान प्राप्त भएको छ ।



आइतबार देवचुली र गैडाकोटमा खोप लगाइएको छ । देवचुलीमा आइतबार ७ सय १७ जनाले खोप लगाएको स्वास्थ्य शाखा देवचुलीले जनाएको छ । देवचुलीमा सोमबार अर्थात भोलि पनि कोभिड १९ विरुद्धको ज्यानसेन खोप लगाइने कार्यक्रम रहेको छ ।

त्यसैगरी मध्यविन्दु नगरपालिकामा १२ गते भेरोसेल र ज्यानसेन खोप लगाइने भएको मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी कावासोतीमा साउन ११ र १२ गते दुई दिन ज्यानसेन खोप लगाइने भएको छ भने भेरोसेल खोप लगाउन छुटेका कावासोती नगरपालिकाका वडा नं. ५, ६, ११, १२, १३, १६ र १७ नम्बरका नागरिकलाई आइतबार खोप लगाइएको स्वास्थ्य कार्यालय कावासोतीले जनाएको छ ।

त्यसैगरी हुप्सेकोट गाउँपालिकामा पनि ११ र १२ गते ज्यानसेन खोप लगाइने हुप्सेकोट गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार अहिलेसम्म नवलपुरमा कोभिशिल्ड, भेरोसेल र ज्यानसेन गरी ६० हजारबढी जोड खोप प्राप्त भएको मध्ये ज्यानसेन खोप लगाउनु अघिसम्म ४३ हजार बढी नागरिकले खोप लगाएका छन् । ति मध्ये १३ हजार पाँच सय बढीले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

नवलपुरमा १८ बर्ष माथिका कोभिड विरुद्धको खोप लगाउनु पर्ने जनसंख्या २ लाख २५ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।



You might also like
Loading...