ad

२७ दिनदेखि बेपत्ता बिना अझै फेला परिनन्

160


भरतपुर । गत असार १४ गतेदेखि बेपत्ता भएकी गैँडाकोट नगरपालिका ४ की २१ वर्षकी बिना सापकोटा अझै फेला पारेकी छैनन् । बिनाको खोजीमा प्रहरी प्रशासन लागेको २७ दिन पूरा भएको छ, तर अझै प्रहरीले कुनै सुराक फेला पार्न सकेको छैन । छोरीको खोजीमा लागेका विनाका बुबा जयश्वर सापकोटाले आश मारेका छैनन् । सापकोटा परिवार अथक दुःखको साथ बिनाको खोजीमा लागिरहेको छ ।

‘प्रहरीले आफ्नो तरिकाले छोरीको खोजी गरिरहेको छ, हामी परिवारले पनि आफ्नो तरिकाले खोजी कार्य जारी राखेका छौँ’ बिनाका बुबा जयश्वर सापकोटाले भने, ‘परिवारमा ठूलो पीडा छ, छोरी भेटिएकी छैनन् ।’ छोरी हराएपछि आफूलाई बल्लबल्ल सम्हाल्दै खोजीमा जुटिरहेको उनी बताउँछन् । असार १४ गते रातिदेखि बिना चौबीसकोठीबाट बेपत्ता भएकी चितवन प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सोही दिन राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीकिनारमा भेटिएकी थिइन् । त्यो दिन चौबिसकोठीमा केटासाथी भरतपुर ४ का प्रवेश कँडेलसँग रिसाएर आफ्नो मोबाइल फालेर बिना बेपत्ता भएकी थिइन् । प्रहरीले खोजी कार्य जारी राख्दा भरतपुरको ओरालो भाटभटेनी अगाडि बिना तीव्र गतिमा हिँडेकी सिसीटिभी फुटेज फेला पारेको थियो ।



विनाले नारायणगढ लीलाचोक नजिकको एरियामा पुगेर एक व्यक्तिसँग फोन मागे ११ सेकेन्ड उनै केटासाथी प्रवेशसँग बोलेकी पनि खु्ल्न आएको प्रहरीको भनाइ छ । केही बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएकी थिइन् । चितवन प्रहरीले हालसम्म बिनाको खोजी कार्य जारी राखे पनि फेला पार्न नसकिएको जनाएको छ । नदीकिनारतर्फ गएकी बिनाको खोजी प्रहरी र आफन्तले तीव्र पारेको छ, तर भेटाउन सकेको छैन । बिनाको केटासाथीलाई प्रहरीले नियन्त्रणमा राखिराखेको छ । विनाको अभिभावकको सहमतिमा प्रवेशले विनालाई गैँडाकोटबाट सँगै लिएर भरतपुरतर्फ आएका थिए । उनले केही घन्टामै घर ल्याइदिने बताएको तर लामो समयसम्म पनि छोरी नआएपछि खोजी थालिएको बुबा जयश्वर सापकोटा बताउँछन् । विना पाँच वर्षदेखि भरतपुर–४ का प्रवेश कँडेलसँग प्रेम सम्बन्धमा थिइन् ।

हराएको दिन पनि विनाकै घरबाट प्रवेशले स्कुटरमा हालेर आफ्नो घर ल्याएका थिए । प्रवेशले विनालाई आफ्नो घरमा ल्याउँदा अर्की युवतीसँगको सम्बन्ध थाहा पाएपछि विना केही समय बेहोस भएकी र होसमा आएपछि उनी त्यहाँबाट निस्केको बताइएको छ । भरतपुर, चौबीसकोठीमा आएपछि विनालाई छोडेर प्रवेश बैंकको एटिएममा पसेपछि विना बेपत्ता भएकी थिइन् । बिना गैँडाकोटको जनक कलेजमा विविएस तेस्रो वर्षमा अध्ययनरत थिइन् ।



You might also like
Loading...