ad

नवलपुरमा ह्वात्तै बढ्यो सक्रिय संक्रमित

1,117

 


कृशला सापकोटा । नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य कार्यालय नवलपुरले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नवलपुरमा ३ सय ९ जनामा परीक्षण गर्दा १ सय १८ जनामा पोजेटिभ देखिएको हो ।
नवलपुरमा सोमबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ७ सय ७० पुगेको छ । शनिबार नवलपुरमा सक्रिय संक्रमितको संख्या ६ सय ६२ रहेको थियो भने आइतबार अझ बढेर सक्रिय संक्रमितको संख्या ६ सय ७७ पुगेको थियो ।
नवलपुरमा सक्रिय संक्रमितको संख्या घटेर ५ सय भन्दा कम भईसकेको भए पनि अहिले सक्रिय संक्रमित ह्वात्तै बढेको हो ।



मृत्युदर घट्टै
नवलपुरमा पछिल्लो समय संक्रमित दर बढे जस्तो मृत्यु दर भने बढी नसकेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
सोमबार कावासोतीमा १ जनाको निधन भएसँगै नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या मृतकको संख्या १ सय ३६ पुगेको छ ।
कोभिडको पहिलो भेरिन्टमा नवलपुरमा जम्मा ३२ जनाले मात्र ज्यान गुमाएका थिए भने दोस्रो भेरिन्ट शुरु भए यता साढे ३ महिनाको अवधि पुरा नहुँदै १ सय ४ जनाले ज्यान गुमाइ सकेको छ ।

जटिल विरामी कति

नवलपुरमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको भए पनि जटिल प्रकृतिका विरामीको संख्या भने स्थित रहेको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरका अहिले ३४ जना विरामी अस्पतालमा उपचाररत रहेका छन् । उनले भने अब २/४ दिनमा संक्रमितहरुको स्वास्थ्य अवस्था कस्तो हुन्छ थाहा हुन्छ ।

अहिलेसम्म अस्पतालले विरामी धान्न सक्ने अवस्था रहेकोले चिन्ता जनक नरहेको तर निषेधाज्ञा विस्तारै खकुलो भएसँगै आमनागरिकले सामाजिक दुरी कायम नगर्ने, माक्स नलगाउने, भिडभाडमा जाने गरेको पाइएकोले संक्रमढा बढेको चापागाईले बताए ।

ग्रामिण घट्दो, बजार र सहरी क्षेत्रमा बढ्दो
नवलपुरका ग्रामिण क्षेत्रमा भने संक्रमण दर घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार ग्रामिण क्षेत्रमा घरहरु टाढा टाढा रहेका गाउँ पातलो रहेको वस्ती कम रहेका कारण संक्रमण दर घटेको छ । यता सहरी क्षेत्रमा भने बढेको छ ।
बजार पसलमा देखिएको भिडभाड, सडकमा देखिएको चाप, राजनीतिक भेटघाट, खोप लगाउने ठाउँमा देखिएको भिड लगायतका कारणले पनि संक्रमण दर बढेको बताए ।

 

 

 



You might also like
Loading...