ad

पाल्हीनन्दन र सुस्ताबाटअबैध मालसमान नियन्त्रण

217

 रामकरण अम्बेडकर ,परासी


नवलपरासी पश्चिममा प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट अवैध मालसमान तथा भैंसी नियन्त्रणमा लिएको छ । भन्सार छलेर अबैध रुपमा भित्रयाई रहेको अवस्थामा सुस्ता र पाल्हीनन्दन गांउपालीकाबाट उक्त समान नियन्त्रणमा लिएको हो । भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको तथा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा तीन लाख ७७ हजार ९० मुल्य बराबरको भैंसी तथा समान प्रहरीले नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीका अनुसार भारतबाट भन्सार छलि अवैध रुपमाल्याउदै गरेको अन्दाजी मुल्य १ लाख ७८ हजार ५ सय ७० बराबरको २१९ थान कपडा र ४९ डिब्बा हुक्का सुर्ती पाल्हिनन्दन गाउंपालिका वडा नं.३ बेलासपुर स्थित सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त सामान मोटरसाईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखेर सामान फाली मानिस मोटरसाईकल सहित फरार भएकाे प्रहरीले जनाएको छ । त्यसैगरी भारतबाट अवैध रुपमा ल्याउदै गरेको २ जिउ भैंसी र ३ जिउ पाडा दिउँसो सुस्ता गाउंपालिका वडा नं. ५ तरेनी स्थित सिमा प्रहरी चौकीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बरामद भैंसी तथा पाडाको मुल्य १ लाख १६ हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मैनबत्ती, सुन राख्नेडब्बा, सुन जोख्ने तराजु, सुर्ती लगायतका सामान तथा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ईस्टार ब्राण्ड नामक रक्सी पाल्हिनन्दन गांउपालिका वडा नं। २ भक्सीपुरबाट ईलाका प्रहरी कार्यालय अमानिगंजमा खटिएको प्रहरी टोलीले बरामद गरेको छ । उक्त सामानको मुल्य ८२ हजार ५ सय २० बराबरकाे  रहेको छ । बरामद गरिएकाे सम्पुर्ण मालसामान, भैंसी तथा पाडा आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक राजु लामाले बताए।





You might also like
Loading...