ad

चितवनमा बढ्दैछ सक्रिय संक्रमित, चार दिनदेखि निरन्तर उकालो

89


चितवन १३ साउन । जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको छ। गत चार दिनको तथ्यांक हेर्दा आइतबारबाट मंगलबारसम्म सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागेको पाइएको हो। आइतबार एक हजार ८३५ जना सक्रिय संक्रमित रहेकामा सोमबार यो संख्या बढेर एक हजार ९०३, मंगलबार फेरि बढेर एक हजार ९५६ जना र बुधबार झन् उकालो लागेर दुई हजार १६ जना पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

१७९ जना नयाँ संक्रमित थपिए



चितवन जिल्लामा बुधबार १७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिकामा १२५, खैरहनी नगरपालिकामा १५, माडीमा १२, रत्ननगरमा १२, राप्तीमा १४ र कालिकामा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

सोही अवधिमा १८२ जना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ। मृत्यु भएका चारै जना भरतपुर अस्पतालमा उपचाररत थिए। योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२५ पुगेको छ। कूल संक्रमितको संख्या १९ हजार ९०६ पुग्दा संक्रमणमुक्त हुनेको संख्या भने १७ हजार ५६५ पुगेको छ।



You might also like
Loading...