ad

कावासोती नगरपालिकाले ७४ प्रतिशत मात्र खर्च गर्न सक्यो, विकास बजेट ६७ प्रतिशत मात्रै खर्च

246

 


रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले गत आर्थिक बर्षमा बजेटको जम्मा ७४ दशमलब ८४ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।



नगरपालिकाको आन्तरिक राजश्व, संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदान, सशर्त बजेट गरी १ अर्ब १७ करोड ४ लाख ३१ हजार ८ सय ७४ रुपैयाँ जम्मा बजेट रहेको कावासोती नगरपालिकाले चालुतर्फ ८४ दशमलब ९८ प्रतिशत र पूजिगत तर्फ अर्थात विकासे बजेट तर्फ ६७ दशमलब १४ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीका अनुसार चालु तर्फको शिर्षकमा रहेको ५० करोड ५४ लाख ७० हजार ३ सय ८८ रुपैयाँ मध्ये ४२ करोड ९५ लाख ३१ हजार ८ सय ६४ रुपैया ४९ पैसा मात्र खर्च भएको छ ।

त्यसैगरी पूजीगत तर्फ अर्थात विकासे बजेटतर्फ ७० करोड ४९ लाख ६१ हजार ४ सय ८६ रुपैयाँ बजेट रहेकोमा ४४ करोड ६४ लाख ७४ हजार ४ सय ९० रुपैयाँ मात्र खर्च भएको छ ।

राष्ट्रिय स्तरको खर्च हेर्दा कावासोतीको खर्च धेरै राम्रो भन्न मिल्ने भए पनि बजेट सतप्रतिशत खर्च हुनु राम्रो हुने बताउँछन् कावासोतीका स्थानीय बासिन्दा एवम् अर्थशास्त्रका प्रध्यापक भपेन्द्रश्वर भुसाल । भुसालले भने – बजेट कम खर्च हुँदा अर्थतन्त्र चलायमान हुँदैन । मुद्राको स्टक जम्मा हुनु राम्रो मानिदैन । जसले जनस्तरमा रहेका मजदुरहरुसम्म पुग्नु पर्ने पैसा पुग्न सक्दैन ।

प्रमुख प्रशासकीय अधिकृत घर्तीले कोभिड १९ का कारण भएको निषेधाज्ञाका कारण कतिपय रकम खर्च हुन नसकेको बताए । सशर्त अनुदानमा आएका केही रकम फ्रिज भएर फिर्ता भएको भए पनि उनले बताए ।

त्यसो त कावासोती नगरपाकिाले केही निर्माणाधिन योजनालाई अघिल्लो बर्षकै बजेटबाट खर्च गर्ने गरी जारी राखेको छ ।

जसमध्ये आधारभूत स्वास्थ्य भवन तर्फको १ करोड ७१ लाख ५५ हजार, सहरी शासन तथा पूर्वाधार आयोजनातर्फको २ करोड ७ लाख ९९ हजार, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वाल निर्माणतर्फको २ करोड ८५ लाख र वडा कार्यालय भवन निर्माणतर्फको १ करोड ६६ लाख रुपैयाँ रहेको कावासोती नगरपालिकाका प्रमुख प्रशासनकीय अधिकृत रमेश घर्तीले बताए ।



You might also like
Loading...