ad

नवलपुरमा सक्रिय संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो

150

 


नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय नवलपुरको बुधबारको तथ्यांक अनुसार नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय १४ पुगेको छ । दोस्रो लहर शुरु भए यता नवलपुरमा ५ सयको हाराहारीमा सक्रिय संक्रमित हुँदा निषेधाज्ञा शुरु गरिएको थियो ।



विस्तारै सक्रिय संक्रमितको संख्या बढेर नवलपुरमा १ हजार ६ सयको हाराहारीमा सम्म पुगेको थियो । सक्रिय संक्रमितको संख्या विस्तारै ओरालो लागेर ४ सयको हाराहारीमा पुगेपछि निषेधाज्ञा खकुलो पारिएको थियो ।

निषेधाज्ञा खकुलो पारेसँगै नवलपुरमा पुन सक्रिय संक्रमितको संख्या उकालो लागेको छ । सक्रिय संक्रमितको संख्या र अस्पतालमा भर्ना हुनु पर्ने विरामीको चापमा भने अन्तर रहेको छ । स्वास्थ्य कार्यालय नवलपुरका तथ्यांक अनुसार कुनै बेला नवलपुरमा ६० भन्दा बढी संक्रमित अस्पतालमा भर्ना भएर उपचाररत रहेका थिए भने अहिले नवलपुरका २५ जना संक्रमित अस्पतालमा उपचाररत रहेका छन् ।

७५ थपिए, ६४ निको भए

पछिल्लो २४ घण्टामा नवलपुरमा ७५ जना नयाँ संक्रमित थपिँदा ६४ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार १ सय ४६ जनामा परीक्षण गर्दा ७५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

 



You might also like
Loading...