ad

परासीमा ५० सैयाको अस्पताल शिलान्यास

114

रामकरण अम्बेडकर परासी, १४ साउन


लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सकारलाई स्वास्थ्य शिक्षा र पृथ्वी चन्द्र अस्पताललाई थप ५० सैयाको अस्पताल पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् ।

बुधवार पश्चिम नवलपरासीमा रहेको पृथ्वी चन्द्र अस्पतालको परिसरमा नवनिर्मित भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथी मान्नीय बैजनाथ चौधरी, विशिष्ट अतिथी मान्नीय राष्टिय सभा सदस्य रामलखन हरिजन, अतिथी दिपेन्द्र अधिकारी, सरावल गांउपालीका अध्यक्ष राधेश्याम चौधरी, पत्रकार महांसंघका अध्यक्ष हरि शर्मा लगायत विभिन्न राजनितीक दलका प्रतिनिधी उपस्थित रहनु भएका थिए । पश्चिम नवलपरासीमा रहेको पृथ्वी चन्द्र अस्पतालको परिसरमा नवनिर्मित भवनको शिलान्यास गदै मन्त्री चौधरीले प्रदेश सरकारले पहिलो प्रथमीकतामा राखेर व्यवस्थित भवन बनाउने नीति अनुरूप काम गरिरहेको बताए । सरकारको प्रवक्ता समेत रहेका मन्त्री चौधरीले सामाजिक सेवामा स्वास्थ्य र गुणस्तर शिक्षा बनाउनमा विशेष जोड दिएको बताए । २ वर्ष भित्रमा कुनै पनि बाटो कच्ची नरहने कोभिड १९ का कारण बैदेशीक रोजगारीमा गएर फरकेकाहरुलाई र स्वदेशमा रहेका वेरोजगार हरूलाई बलक बनाउन रोजगार दिने मान्त्री बैजनाथ चौधरीले बताए f उनले भारतीय दूतावासले निर्माण गरेको भवन पर्याप्त नभएकाले थप सेवामा दिन नसकेको र नयाँ भवन निर्माणले स्वास्थ्य सेवामा सहजको अनुभूति हुने विश्वास व्यक्त गरेका थिए ।अस्पतालको निर्माण सम्पन्न भएपछि परासीको मुहार फेरिने र स्थानीय जनताले सहज सेवा सुविधा प्राप्त गर्ने मन्त्री चौधरीले बताए। अस्पतालमा पर्याप्त भवन नहुँदा सेवा प्रभावमा कठिनाइ भइरहेको बेला प्रदेश सरकारले अस्पताललाई ५० सैयाको भवन निर्माण गर्नको लागि १३ करोड ६६ लाख ८८ हजार बजेट विनियोजन गरेको अस्पतालले जनाएको छ । उक्त भवनको क्षेत्रफल १७३७ वर्ग मिटर रहेको अस्पतालका विकास ‘समितिका अध्यक्ष जगदशि चौधरीले बताए । उक्त भवनको ठेक्का श्याम सुन्दर एन बि जेबी नयाँ वानेश्वर काठमाडौँले लिएको छ ।भवन निर्माण सम्पन्न गर्न २०८० असार २९ गते सम्मको समयािवधि तोकेको छ ।  यस्तै भारतीय दूतावासले निर्माण गरेको एक तल्ले भवनको माथिको तल्लामा ट्रस निर्माण गर्न अस्लिन कन्स्ट्रक्सन भक्तपुरले १ करोड २६ लाख ८०हजारमा ठेक्का निर्माण गर्ने जिम्मा लिएको अस्पतालका अध्यक्ष चौधरीले जानकारी दिए।





You might also like
Loading...