ad

टिकाराम ढकालको तीज गीत ‘चखेवा’ सार्वजनिक

309

नेपालीहरुको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिदै गर्दा दैनिक तीजगीत संगीत बजारमा आउने क्रममा अर्काे अत्यन्त सुन्दर मौलिक शब्द र संगीतले युक्त तीज गीत आधुनिक प्लाटफर्म युटुब मार्फत बाहिरिएको छ ।


लामो समयदेखि नेपाली लोकसंगीतमा तल्लिन लोक तथा दोहोरी गाएक तथा सर्जक टिकाराम ढकालको शब्द सृजना र भाकामा सजिएको २०७८ सालको तीजगीत ‘चखेवा’ बुधबार सार्बजनिक गरिएको हो ।

अनिश खड्का युटुब च्यानलबाट हेर्न सकिने सो गीतमा पछिलो समयकी अत्यन्तै ब्यस्त गायिका समिक्षा अधिकारीको आवाजको साथमा अनुश बन्जाडेको स्वर पनि सुन्न सकिन्छ ।



अनिश खड्काको संगीत संयोजनमा बनेको गीतमा पछिल्लो लोक बजारकी चर्चित मोडल रुबिना अधिकारीको साथमा मादब मगरको अभिनय रहेको छ ।

गीतका निर्माता तथा गायक टिकाराम ढकालको यो भन्दा अगाडि करिब आधा दर्जन गीत दशर्कहरूले धेरै मन पराइ सकेका छन् ।
चखेवा गीतप्रति गरेको मेहनत र मौलिकताले तीजगीतको बजारलाई थप उजागर गरेको भन्दै गायक सर्जक ढकालले दर्शक स्रोताको प्रतिक्रियाले थप उर्जासङै र उत्साहित बनाएको बताए ।

 



You might also like
Loading...