ad

आज नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

33

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ । नेपालको आग्रहमा बैठक बस्न लागेको हो । बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बैठक बस्ने तय भएको एमालेका एक केन्द्रीय सदस्यले बताए ।


यसअघि हिजोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने नेपाल निकट एक नेताले बताए । । पार्टीभित्रको विवाद समाधानका लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएको बताईन्छ ।





You might also like
Loading...