मृतकको परिवारलाई पौरखीको २ लाख


पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोतीले मृतक सदस्यको परिवारलाई दुर्घटना बिमा अन्तर्गतको २ लाख रुपियाँ हस्तान्तरण गरेको छ।




संस्थाका साधारण सदस्य कावासोती २ निवासी स्व. जीवन रानाको श्रीमती श्रीकुमारी गुरुङलाई संस्थाका अध्यक्ष यम बहादुर थापाले २ लाख रकम बराबरको चेक हस्तान्तरण गरेका हुन।संस्थाका सदस्य रानाको २०७७ चैत ६ गते सवारी दुर्घटनामा परि निधन भएको थियो।




संस्थाले आफ्ना सदस्यहरुको सुबिधाका लागि गतवर्षदेखि साधारण सभामा उपस्थित हुने सदस्यहरुको आइएमइ जनरल इन्स्योरेन्स कम्पनीबाट दुर्घटना बिमा गराएको थियो।जसमध्ये बिमा अन्तर्गतको पहिलो रकम स्व. रानाको परिवारले प्राप्त गरेको संस्थाका व्यवस्थापक निलकण्ठ पराजुलीले बताएका छन।

संस्थाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आफ्ना सदस्यहरुको सुबिधाका लागि १ देखि २ लाख बराबरको दुर्घटना बिमा,१० देखि २० हजार बराबरको मृत्यु राहत सहयोग,२० हजार देखि ३ लाख बराबरको जटिल रोग उपचार सहयोग र १ लाख सम्मको प्राकृतिक प्रकोप सहयोग उपलब्ध गराउदै आएको संस्थाका सचिब बिश्वनाथ काफ्लेले जानकारी गराएका छन।




सम्बन्धित
Loading...