ad

सबै परीक्षा स्थगन गर्न सिफारिस

174

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।


मुख्यतः निकट भविष्यमा कक्षा १२ सहित स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन गर्ने तयारी थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरिएको हो ।

  • राजधानी दैनिकबाट




You might also like
Loading...