एक करोड १९ लाख लगानीमा कर्भड हल निर्माण


नवलपरासी –
बर्दघाट नगरपालिकामा निर्माण भएको ब्याटमिन्टन कर्भड हलको उद्घाटन गरिएको छ । बर्दघाट नगरपालिका, लुम्बिनी प्रदेश सरकार ,जिल्ला खेलकुद विकास समिति र संविधान सभा सदस्य कृष्ण पौडेलको संसद विकास कोषको एक करोड १९ लाख ११ हजारको लगानीमा उक्त कर्भड हल निर्माण भएको हो ।





निर्माण समितिका संयोजक प्रदिप सुवेदीको अध्यक्षतामा बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले टुके्र योजनाले विकासका योजना सम्पन्न गर्न समस्या हुने गरेको बताए ।
सानो लगानीमा निर्माण भएको कर्भड हल निर्माण गर्न ६ वर्ष लागेको बताउँदै ठूला–ठूला योजना सम्पन्न गर्न ३० औं वर्ष लाग्ने भएका कारण राज्यले सोच्नु पर्ने अवस्था रहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथी बस्यालले सबै सपना पूरा हुन सक्दैन तर ननिदाइकन देखिएका सपना पूरा हुने बताउँदै बर्दघाटमा निर्माण भएको कर्भड हल त्यसको नमूना भएको बताए ।




ब्याटमिन्टन कर्भड हलको उद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रवीन्द्रविक्रम हमाल, नवलपरासी ब्याटमिन्टन संघका अध्यक्ष होमनाथ भन्डारी, निर्माण समितिका सदस्य कमल थापालगायतले आ–आफ्नो भनाइ राखेका थिए ।




सम्बन्धित
Loading...