ad

लघुकथा : युगीन त्रासदी

142


  • बाबुराम न्यौपाने “उत्स” –

 

संसार शोकको आँसुले युगको वेदनामय गीत लेखिरहेको थियो।संचारमाध्यममा सामुहिक दाहसंस्कारका कारुणीक दृश्य प्रसारित भईरहेका थिए।



मानिसले कोरोनाको पहिलोचरणको भय र कोलाहलबाट पार पाउँदानपाउँदै फेरि दोस्रोचरणको लहर फैलिएको हल्लाले शेरधन र सुकमायाको दिनकोचैन र रातकोनिद्रा हराएको थियो।

सुकमाया पतिसँग चिन्ताव्यक्त गर्दै थिइन् !

” कोरोना रोकथामको खोपपनि लाउन पाइएको छैन।सरकारी राहत आकाशको फल बनेको छ।रोजगारी गुमेको गुम्यै हुनेभयो। अब यी छोराछोरीलाई कसरी बचाउँने होला।” उनले लामो उच्छवास छोडिन्।

शेरधन मौन बस्यो।

छेउमा सुतेकी पाँचबर्षकी सानीछोरी भन्देैथिईन् ! “आमा आज माम नपकाउने हो, भोकै सुत्नु।”

दुबै जोईपोइ मुखामुख गरे बोलेनन्।अलिकति चिउरा थियो नानीहरू त्यही चिउरा खाएर सुते।एकातिर गरीबी अर्कोतिर महामारीको महात्रास।उनीहरूको रात ; तनाव भोक र छट्पटीमेै बित्यो।

बिहानीपख सुकमायालाई हनहनी ज्योरो आयो।हस्पिटल लगियो।हस्पिटल खचाखच थियो, मुस्किलले भर्नालिइयो।दुबैको रगत परिक्षणगर्दा कोरोना पोजेटिभ देखियो।

यस्तो संकटकालमा घरवाला साहू अन्यत्र कोठासर्न दबाब दिइरहेको थियो।टोल समुदायको पनि रोगसर्ने भयले साहुप्रतिनै अघोषित समर्थन थियो।

केही सहयोगी मनका मानिसहरुले बालबच्चालाई सामान्यखाना जुटाइदिरहेका थिए।सरकारी संयन्त्र धरासायी बन्दैथियो।
हस्पिटल भर्नाभएको पाँचौंदिन अक्सिजनको अभावमा शेरबहादुरको मृत्यु भयो।सुकमाया बेहोस भइन्।दसौंदिन उनलाई पनि मृतघोषणा गरियो।

सुकमायालाई शववाहन गाडीमा लोडगर्न लगियो तर झाकलझुकुल हुँदा उनी चल्मलाइन्। उनको होश खुल्यो। सुकमाया विस्तारै भन्दैथिइन्।

” शेरधन त गएगए ! मैले त यी भोकानाङ्गा नानीहरूका लागि दोस्रोमात्र होइन हरेकचरणका कोरोना महामारीलाई परास्तगरेर बाँच्नुछ।मृत्युुलाई पर धकेल्नुछ।

हस्पिटलमा राम्रो उपचारको व्यवस्था र उचित खानपिन उपलब्ध नहुँदा कमजोरभएर म बेहोस भएकी थिएँ।डाक्टरले मृतघोषणा गरिदिए।मेरो आत्मबल मरेको छैन । मलाई घाट नलैजाओ , म जिउँदै छु….।”
वातावरण स्तब्ध बन्यो।

सुकमायाको ” डेथ सर्टिफिकेट ” मा सहिगर्ने डाक्टरको कलम मौन थियो।

– दमक,  झापा – 

नमस्ते आधुनिक लघुकथा मञ्च’ फेसबुक समूहमा यस हप्ता पोस्ट भएका लघुकथाहरुबाट उत्कृष्टमा पर्न सफल लघुकथा ।



You might also like
Loading...