स्मरण: काेराेना संक्रमण हुँदाकाे त्याे त्रासदी पूर्ण पहिलाे दिन





  • अर्जुन अविरल –

विहान झल्याँस ब्युंझिदा चार्जमा रहेको मोबाइल छिटो छिटो हेरें । मोबाइलको घडीले सवा ५ बजाइसकेको रहेछ । अनि पत्रकारहरूको फेसबुक समूहमा हेरेँ केही नतिजा आइपुग्यो कि भनेर । श्रावण ३२ गते हामीले दिएको स्वाबको नतिजा आज आउँदै थियो । २ गते पुरा रिपोर्ट आउने भनिए पनि बेलुकी १० बज्दासम्म कावासोतीको कुमारीमा संकलन गरिएको र हुप्सेकोटमा संकलन गरिएको ३८२ मध्ये ३०० को नेगेटिभ आइसकेको भन्ने खबर आइसकेको थियो त्यसैले पनि अब त सायद पोजेटिभमा नपरिएला भन्ने थियो । पत्रकारहरुको समूह र कोभिड–१९ को जानकारीको समूह दुब‌ैमा विहानै केही खबर नेभेटे पछि फेसबुकतिर पुगेँ । कावासोती पतन्जलीका योग गुरु गणेश आचार्यले घरबाट फेसबुकमा लाइभ योगाभ्यास गराउनु भएको थियो ।


अभ्यास गरिनँ तर सुतेरै एकछिन हेरें र फेरी सुतें । छिमेकी पत्रकार साथीलाई कोरोनाले भेटेपछि २८ गते बेलुकादेखि नै पसल बन्द थियो । त्यसैले काम नभए पछि चाडै उठ्ने काम पनि भएन । एक हप्तादेखि नै हामी काेठाभित्र थुनिएका थियाैं । सात बजे उठेर एक गिलास पानीमा २ चम्चा मह र कागतीको आधा टुक्रा निचाेरेर खाने गरेको थिएँ त्यही अनुसार गरें । त्यो पनि २८ गतेपछि मात्रै सिकेको । छिमेकी पत्रकार दाजु सागर पोख्रेललाई कोराना भेटिएपछि मलाई पनि खोकी लागि रहेकाले पतन्जलीबाटै मह ल्याएर खाने गरेको थिएँ । चिया खाजा खाइसकें पछि छोरासँगै घरभित्रै गल्लीमा फुटबल खेलें । गल्ली ठूलाे नै थियाे । पसल बन्द भएपछि प्रायः छोरासँग फुटबल खेलेर पसिना निकालेपछि मात्रै नुवाई धुवाई गर्थेँ । आज आफ्नो रिर्पोट आउने बेला भएकाले घरी घरी रेडियोको समाचार र मोबाइलमा पत्रकारहरुको ग्रुप हेरिरहेको थिएँ । एक्कासी सवा नौ बजे तिर मोबाइलमा पत्रकारकै ग्रुपमा कावासोतीका ६ र हुप्सकोटका १ जनामा देखियो रे भन्ने आयो ।

१५ मिनेटमा विस्तृत विवरण आउँछ भन्ने देख्ने बित्तिकै मेरो सातो गयो । पक्कै ६ जना भनेपछि त परियाे कि भन्ने शंका लाग्यो र छिटो छिटो नुहाउन गएँ । घरमा कसैलाई भनिनँ । म नुहाउँदै गर्दा मोबाइलमा घन्टी बजेको आवाज पनि बाथरूमबाट सुनिरहेको थिएँ । पक्कै स्वास्थ्य शाखाबाट फाेन आएको भन्ने ठानें । नभन्दै मभित्र पस्नासाथ माेबाईल हेरेकाे त स्वास्थ्य शाखाबाट दिपक चापागाई सरकाे माेबाईलबाट फाेन अाएकाे रहेछ । मैले तुरून्त कल ब्याक गरें । उहाँले अर्जुन जी नै हाे नि भन्नुभयाे । हाे हजुर भन्न नभ्याउँदै घरमै हुनुहुन्छ भन्ने प्रश्न अायाे । घरम‌ै छु भनें पछि तपाईलाई केही जानकारी अायाे भन्ने प्रश्न अायाे ।

मैले अाँतिदै अहँ अाएकाे छैन भन्ने उत्तर दिएँ । त्यसपछि त मलाई पक्का रहेछ भन्ने लाग्याे । नअात्तिनु हाेला तपाईं सहित ६ जनालाई पाजेटिभ देखिएकाे छ भन्नु भयाे । मैले नडराई काे काे हाे सर भनेर साेधें । उहाँले मेराे दाइ सहित ६ जनाकाे नाम भन्नु भयाे । श्रीमतिले म बाेलेकाे सुनिरहेकाे थिईन् । अात्तिदै लागेछ भनेर मलाई साेधिन् मैले अाफूलाई पनि समाल्दै जबरजस्ती मन ढुक्क बनाएर `अँ लागेछ ´ नअात्तिअँ भनें । स्वाब दिएदेखि नै म त रजहर ( अाईसाेलेसन सेन्टर ) जाने हाे भनेर ख्याल ठट्टामै भनिरहेकाे थिएँ । कपडा पनि तयार पार्न लगाएकाे थिएँ । त्यसपछि दाइ सागर लुईटेललाई फाेन गरेर जानकारी दिएँ तपाइलाइ पनि काेराेना पाेजेटिभ भएकाे छ भनेर । मेरै पसल बाहिर अाईपुग्नु भएकाे रहेछ । थकाली चाेक बहिनीलाई फाेन गरेर एउटा सानाे झाेला, सेण्डाे र हापकट्टु पठाईदिन भनें । त्यसपछि धेरैबेरसम्म फाेन अाएन । पत्रकार ग्रुपमा हल्लीखल्ली छाउन थाल्याे । कतिले काे काे हाे ? भन्न थाले । कतिले अनेक अड्कलबाजी गरे । स्थानीय हाे कि क्यारेन्टाईनवाला हाे भन्न थाले । यतिबेला भारत लगायतका अन्य देशबाट अाएका सबैलाई अनिवार्य १४ दिन क्यारेन्टाईन बस्नु पर्थ्याे ।

त्यसपछि काेराेनाकाे रिपाेर्ट नेगेटिभ अाए मात्रै छाेडिन्थ्याे । फेरि मन अात्तिन थाल्याे । माेबाईल एकछिन हेर्न सकिनँ । पत्रकार रामकुमार श्रेष्ठले फाेन गर्नु भयाे, “के भयाे नतिजा हेर्नू भाे ? ´´ । हेरेकाे छैन तर फाेन अायाे भनें । उमेर कति हाे र भन्नु भयाे । उमेर त गल्तीले टिप्दा नै २२ बर्ष छ भनें । त्यसाे भए हाेला कावासाेती ३ काे २२ बर्ष र ३६ बर्षकाे छ भन्नु भयाे । त्यसपछि मैले जिल्ला स्वास्थ्य प्रमुख कृण्ण चापागाईलाई फाेन गरें । उहाँले पानी परेकाेले हाेला एकछिनमा एम्बुलेन्स अाउँछ भन्नुु भयाे । बाहिर पानी परिरहेकाे थियाे । हामी काेठामा भित्र बसिरहेका थियाैं । करिब एक हप्तादेखि नै हामी काेठा भित्र थुनिएका थियाैं । बर्खाकाे समय नसकिएकाले हाेला ठूलाे चट्याङकाे अावाज सहित बाढि नै अाउला जस्ताे पानी परेकाे थियाे मानाैं प्रकृति पनि राेईरहेकाे थियाे । जसरी मेराे मन भित्रभित्रै चट्याङसहित राेएकाे थियाे । छाेराे अघिपछि अघिपछि गरिरहेकाे थियाे । १३ महिनाकी छाेरी बिस्ताराबाट अाफूलाई काखमा लिने अाशमा बसिरहेकी थिई । मुसुक्क मुस्काउँदै बा ! बा ! भन्थी । सधैं विहान भएपछि काखमा लिन्थें । अाज त उसलाई विहानै पट ( दिशा गर्ने भाँडाे)मा राखेर दिशा धाेएर भित्र ल्याए पछि उसलाई छाेएकाे थिईनँ । संक्रमित भएकाे थाहा पाएपछि कसैलाई नछाेई बसें । दाईले खाना खाएर अाउँछु भन्नु भयाे । खाना खाएपछिकाे फाेनमा यहाँ बस्न गाह्राे हुने भयाे भनेर दाईले भन्नु भयाे । घरबेटीले अलि गाह्राे मानेका छन् के गर्ने हाेला भन्नु भयाे । जसरी पनि हामी दुब‌ै जना जाने हाे । सबै यहीं बस्छन् । हाम्राेमा घरबेटी बस्दैनन् । तल्लाे फ्ल्याटमा हामी मात्रै बस्थ्याैं । ट्वाईलेट, बाथरूम, धारा हामी मात्रै प्रयोग गर्थ्याै । त्यसैले पनि सजिलो मानेर मैले यतै बोलाएँ । हामी भन्दा पहिल्यै आइसोलेसनमा पुग्नु भएका पत्रकार साथी सागर पोख्रेललाई फोन गरेर सोधेँ के के ल्याउनु पर्छ भनेर । सोही अनुसार आफ्ना व्यक्तिगत कपडाहरु झोलामा तयार पारें । त्यही बेला अर्को संक्रमित पत्रकार रमेश वास्ताकोटीले केही पुस्तकहरु पनि लिएर आउन भन्नुभयो । मैले पढ्दै गरेको पुस्तक पत्रकार विनोद बाबुको एकान्तवास पुस्तक सहित अन्य चारवटा पुस्तक पनि झोलामा राखेँ । एम्बुलेन्स नआइपुगे पछि मैले फेरी स्वास्थ्यको नगर प्रमुखलाई कृण्ण नागिला सरलाई फोन गरेँ । एउटा एम्बुलेन्स बिग्रेको छ अर्को एकछिनमा आइपुग्छ भन्नु भयाे । एकछिन पछि फेरी उपमेयर प्रेम शंकर मर्दनियालाई फोन गरेँ । अब आइहाल्छ पख्नुस् भने । नत्र हामीदाजुभाई मोटरसाइकलमा रजहरको आइसोलेसनमा पुग्छौँ पनि भनें तर अनुमति पाईएन । अब मोटरसाइकलमा नजान भने पछि करिब २ बजेतिर एम्बुलेन्स आइपुग्यो । त्यसपछि संक्रमित हामी ६ जना नै त्यही एम्बुलेन्सबाट रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा आइपुग्याैं ।

आइपुगेपछि हाम्रो व्यक्तिगत विवरण टिपियो र कोठामा लगियो । हामी ६ जना मध्ये तीन वटा कोठामा बाँडियो । हामी तिन जना (नयाँ) कोठा नं. २९ मा पारियो । एकछिन थकाई मारेसंगै खाजा आइपुग्यो । फापरको रोटी र तिलको चटनी । त्यस अघि नै हामीलाई एउटा थाल, एउटा कचौरा, एउटा गिलास र एउटा चम्चा उपलब्ध गराईको थियो । त्यो लिइ सकेपछि अस्पतालका डा. बिनोद पौडेलले एकछिन काउन्सिलिङ्ग गर्नुभयो । आत्मबल नै पहिलो यसको औषधी रहेछ । त्यसपछि झोलामा एउटा तौलिया, एक ब्रस, एक मंजन, एउटा नुहाउने साबुन, एउटा लुगा धुने साबुन र एक बट्टा महको भाडो दिइयो । बेलाबेलामा नुनपानीले घाँटी कुल्ला गर्ने, महपानी खाने, बेसारपानी खाने, कागती पानी खाने सल्लाह दिइएको थियो । त्यही अनुसार हामी पनि सिक्दै थियाैं ।

बेलुकाको ७ नबज्दै फेरी खानाको लागि बोलाइ सकेका थिए । खाना खाइ सकेपछिको समय माेबाइलमा व्यस्त भइयो । दिनभरी सयौँ फोन आयो । कति फोन उठाउन सकियो कति उठाउन सकिएन । करिब ३०/३५ वटा फोन उठाउन नसकिएका थिए । यहाँ आइपुग्ने बित्तिकै फेसबुकमा मैले जानकारी सहित पोष्ट्याएको थिएँ । त्यसैले पनि टाढाका साथीहरुले सजिलै थाहा पाए । कतिले म्यासेन्जरमै कल गरे । कतिले फेसबुक पोष्टमा नै सान्तावना दिए । आज कुशेऔसी बुबाको मुखहेर्ने दिन पनि भएकाले धेरैले आ–आफ्नो बुबाको फोटो पोस्टाएका थिए । मैले भने अहिले सम्मको बुबाको फोटो यो दिनमा पोष्टाएका छैन र थिइनँ पनि । कारण थियो कि मैले बुबाको लागि केही गर्न सकेको थिइनँ, बुबा अझै आफ्नै मिहिनतको कमाइ खाइ रहनु भएको छ । म आफ्नै कमाइमा बसेको छु । बुबाको लागि केही गर्न नसकेको कारण आज मात्र सम्झेर के फोटो राख्ने भनेर मैले राखेको छैन । थिइनँ । मेरो छोरोले भने विहानै मेरो मोबाइलबाट आफ्नो फेसबुक खोली Happy Father’s Day भनेर फोटो राखेको थियो । कसैबाट सिकेर होला छोराले गरेको । फेसबुकमा त्यही फोटो कमेन्ट हेर्दै कतिखेर निदाइयो, थाहै भएन ।

२०७७ श्रावण ३ गते




सम्बन्धित
Loading...