ट्राफिक प्रहरीको एक महिनामा ९ लाख बढी राजश्व संकलन





जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले साउन महिनामा सवारी कारवाहीबाट नौं लाख रुपैया बढी राजश्व संकलन गरेको छ । प्रहरीले एक महिनाको अवधिमा एक हजार चार सय ५० वटा सवारी कारवाही गर्दा नौ लाख २४ हजार रुपैया राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर नारायण थापाले बताए ।

कोभिड–१९ को कारण जिल्लामा जारी निषेधाज्ञाको बीच जिल्लामा नीजि र क्रमश सार्वजनिक सवारी सञ्चालनको लागि अनुमति दिएको थियो । यस बीच ट्राफिक प्रहरीले सवारीहरुको नियमित चेकजाँच गरेको थियो । सो क्रममा मापदण्ड विपरित सवारी सञ्चालन गर्ने सवारीहरुलाई कारवाही गरिएको थापाले बताए ।




यसरी सवारी नियम उल्लंघन गर्दै सवारी सञ्चालन गर्नेमा मोटरसाईकल र ट्रक बढी रहेको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वले गत आर्थिक वर्षमा सवारी कारवाहीबाट एक करोड १५ लाख २८ हजार पाँच सय रुपैया राजश्व संकलन गरेको थियो । एक वर्षको अवधिमा १८ हजार एक सय ४६ सवारीलाई कारवाही गर्दा सो रकम राजश्व संकलन भएको उनले बताए ।




सम्बन्धित
Loading...