२०७८ साल भदौ ०५ गते शनिबारको राशिफल


वि.सं.२०७८ साल भदौ ०५ गते । शनिबार । ईश्वी सन् २०२१ अगष्ट २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्दशी, बेलुकी ०२ बजेर २२ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–श्रवण, बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त धनिष्ठा । योग–सौभाग्य, दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त शोभन । करण– गर, बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर २२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मकर ।




काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी २२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । घरपरिवारका साथ रमाईलो गर्दै समय व्यातित गर्न सकिनेछ ।




बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिएपनि आम्दानीन्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । साझेदार हरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी  गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुशी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाइने  हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकश्मिक धन तथा सम्पत्ती हात लागि हुने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । तरपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपार्ईँकै पक्षमा हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्  । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्  । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पतीको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ । माया प्रेममा आत्मियताको वढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिस्पर्धामा अरु दिन भन्दा राम्रो प्रगती गर्न सकिनेछ ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डिपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।




सम्बन्धित
Loading...