ad

गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

29

गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने संक्रमितमा कास्कीका ३ जना छन् भने स्याङ्जाका २ तथा तनहुँ र म्याग्दीका १/१ जना रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा २८८ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७८ हजार ७५७ पुगेको छ ।




गत २४ घण्टामा थपिएका संक्रमितमध्ये कास्कीका १७५ जना, म्याग्दीका ३१, तनहुँका २५, स्याङ्जाका २१ जना छन् । यस्तै गोरखामा १७, लमजुङमा ९, नवलपरासी पूर्वमा ८ र बागलुङमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थपिएका संक्रमितहरु आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।



You might also like
Loading...