ad

फेरि मनसुन सक्रिय, भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध

75

काठमाडौं– मनसुनी वायु सक्रिय रहेका कारण केही दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  अहिले प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मनसुनी वायुको सक्रियतासँगै आइतबारदेखि नै देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको महाशाखाले जनाएको छ।




मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म देशभर वर्षा हुने महाशाखाको भनाइ छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।वर्षासँगै पहाडी भू(भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाइएको छ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



You might also like
Loading...