ad

पाल्पामा खरिद गरेको चार महिना सम्म पनि अक्सिजन प्लान्ट संचालन हुन सकेन

16


पाल्पा । पाल्पा अस्पतालले स्थापना गर्ने भनेको अक्सिजन प्लान्ट अझै सञ्चालन भएको छैन ।

अक्सिजन उत्पादन गर्ने प्लान्ट खरिद गरेको चार महिना भएपनि उकरणहरु राख्ने भवन नबनेकाले प्लान्ट सञ्चालनमा आउन नसकेको हो । संघीय सरकारले गत जेठ ४ मा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो ।




प्लान्ट खरिद गरेपनि प्लान्ट राख्ने भवन बजेट अभाव र अन्य समस्या देखाएर अस्पतालले अझै पुरा गर्न सकेको छैन ।

कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजन अभाव भएपछि पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णय गरिएको थियो ।



You might also like
Loading...