ad

धानबालीमा रोग लागेपछि किसान चिन्तीत

18

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाईएको धान बालीमा रोग देखिएपछि यहाँका किसान चिन्तित बनेका छन् ।


कावासोती १४ का किसान मान सिंह गुरौको १० कठ्ठा क्षेत्रफलमा लगाएको धान पुरै रातो भएर सुकेको छ । ‘गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ ।’ गुरौले भने । यस वर्ष समयमै पानी परेकाले रोपाईं पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए । तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्र नवलपरासी पूर्वले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती १७ र गैंडाकोट ११ , १२ मा पनि धान खेतीमा रोग देखिएको छ । किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्र नवलपरासी पूर्वले अनुगमन गरेको छ ।



धान ब्लक सञ्चालन भएको कावासोती र गैंडाकोटमा अनुगमन गरिएको हो । जिल्लाको आठ वटै स्थानीय तहबाट धानमा रोग देखिएको गुनासो आएको ंकृषि ज्ञान केन्द्र नवलपरासी पूर्व नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए ।



You might also like
Loading...