कावासोतीमा एक जना संक्रमितको निधन





कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १ जना संक्रमितको निधन भएको छ ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचाररत कावासोती १६ बस्ने ४८ बर्षीय पुरुषको थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उनको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।




साउन ३१ गते पोजटिभ देखिएको उनको मध्यविन्दुबाट भदौ ६ गते भरतपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको कोभिड आईसियुमा उपचार भईरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




सम्बन्धित
Loading...