ad

पुस्तकालय दिवशमा कवि गाेष्ठी

26


सबल समाजकाे आधार, सामुदायिक पुस्तकालयकाे विकास र विस्तार भने मुल नाराका साथ १४ अाैं पुस्तकालय दिवशकाे अवसरमा अग्याैली सामुदायिक स्राेत पुस्तकालय, डण्डाकाे अायाेजनामा साधना संगमकाे ५१ अाैं शृङ्खला तथा कवि गाेष्ठी कार्यक्रम कावासाेती १६ डण्डामा भएकाे छ।

अग्याैली सामुदायिक पुस्तकालयका उपाध्यक्ष सरला पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कावासाेती नगरपालिका वडा न १६ का वडा अध्यक्ष एकादत वस्तीकाे प्रमुख अातिथ्यतामा रहेकाे थियाे ।



कार्यक्रमका प्रमुख अतिथि वस्तीले कार्यक्रममा बाेल्दै साहित्य र कला क्षेत्रलाई संरक्षण गर्नु हामी सबैकाे कर्तव्य भएकाले याे महान कार्यमा लागि रहन अनुराेध गर्नु भएकाे थियाे ।

कार्यक्रममा कवि डा. धनपति काेईराला , कवि सदानन्द अभागी , कवि लाेकनाथ खरेल , हरि प्रसाद ढकाल, गाेविन्द नेपाली , एकनारायण चापागाई, अर्जुन अविरल, सुरज विवश, तिर्थराज काफ्ले, कल्पना आचार्य, भानु चापागाई, घनश्याम सुवेदी लगायतका स्रष्टाहरूले रचना वाचन गर्नु भएकाे थियाे भने कार्यक्रममा अग्याैली सामुदायिक स्राेत पुस्तकालयका संस्थापक अध्यक्ष शाेभित शर्मा, पूर्व अध्यक्षद्वय टंक अर्याल, दुर्गाबहादुर गुरूङ्ग लगायतकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमकाे सहजिकरण अग्याैली सामुदायिक पुस्तकालयका सचिव बद्री नेपालले गर्नुभएकाे थियाे ।

 



You might also like
Loading...