ad

नवलपुरमा ५ दिनदेखि नेपाल टेकिलममा समस्या

53

कृशला सापकोटा- नवलपुर ।


५ दिन देखि नवलपुरमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ ।

दाउन्नेको खुर्सानी खोला र आसपासको क्षेत्रमा गएको पहिरो क्रममा नेपाल टेलिकमको फाईबरमा क्षति भएको कारण समस्या आएको नेपाल टेलिकम कावासोतीका निमित्त कार्यालय प्रमुख कविराज लम्सालले बताए ।



पछिल्लो ५ दिनदेखि नवलपुर आसपासको क्षेत्रमा नेपाल टेलिकमको फोन, मोबाइलका फोन सेवा, एसएमएस सेवा, इन्टरनेटमा समस्या आउँदा सेवाग्राही समस्यामा परेको छन् ।

कहिले काही सामान्य नेटवर्क देखिने गरे पनि पुन नेटवर्कमा समस्या आउने गरेको छ ।

विहीबार बिहान सम्म सेवा सुचारु हुने लम्सालले बताए ।



You might also like
Loading...