चितवनमा कोरोनाका सक्रिय संक्रमित अब ९३८ जनामात्र


भरतपुर । चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै आइरहेको छ । अब चितवनमा कोरोनाको सक्रिय संक्रमित जम्मा ९३८ जना मात्र रहेको छ ।




पछिल्लो २४ घन्टामा चितवनमा ७० जना कोरोना संक्रमित बढेका छन् । सोही समयमा १४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिमा ५३ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा ५ जना, रत्ननगर नगरपालिमा ४, राप्ती नगरपालिकामा ५जना थप संक्रमित बढेको छ ।


चितवनमा हालसम्म संक्रमितको संख्या २४ हजार ९८६ पुगेको छ ।

२३ हजार ६४६ जना निको भएका छन् । हाल होम आइसोलेसनमा ८७३ जना रहेका छन् । अस्पताल आइसोलेसनमा जम्मा ६५ जना रहेका छन् ।

 




सम्बन्धित
Loading...