एक महिनादेखि बन्द पीसीआर परीक्षण फेरि शुरु


एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः शुरु भएको छ ।




पीसीआर परीक्षण पुनः शुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिए ।


उनका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण शुरु गरिएको छ।

यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा नै बन्द गरिएको थियो । एन्टिजेन परीक्षण भने जारी थियो ।

मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले मेसिनमा प्राविधिक गडबडी भएकाले कोरोना भाइरसको स्वाब परीक्षण बन्द रहेको अवस्थामा प्रदेश सरकारले मेसिनलाई मर्मत नगरी अर्को मेसिन नै दिएपछि स्वाब परिक्षण सञ्चालन गरिएको बताए ।

साउन १२ गते पीसीआर मेसिनमा गडबडी हुँदा परीक्षण कार्य नै रोकिएको थियो।




सम्बन्धित
Loading...