ad

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान

22


चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या तथा सरोकारवाला निकाय पहिचान कार्यक्रम भदौं २२ गते सम्पन्न भएको छ ।

कार्यक्रममा कावासोती नगरपालिकामा शिक्षाको सवालमा सामुदायिक विद्यालयमा विभिन्न नाममा विद्यार्थीबाट शुल्क उठाएको, विद्यालयको भौतिक पूर्वधार अपा¨ तथा किशोरी मैत्री नरहेको, विद्यालय छाड्ने विद्यार्थीको संख्या अत्याधिक रहेको, विद्यालय सवारीले मापदण्ड पुरा नगरेको तथा क्षमता भन्दा बढी विद्यार्थी ओसार पोसार गरेको लगायतको सवालहरु पहिचान गरिएको थियो । ति पहिचान भएका सवालहरुको समाधानको लागि नगर शिक्षा शाखा, नगरपालिकाका जनप्रतिनिधि, शिक्षा समन्वय इकाई लगायत सम्बन्धीत सरोकारवाला रहेको समेत पहिचान गरिएको छ ।



स्वास्थ्यको सवालमा नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराएको औषधीहरु स्वास्थ्य संस्थामा नपाईने तथा सो बारेमा सेवाग्राही अनविज्ञ रहेको, स्वास्थ्य विमा कार्यक्रमका लाभग्राहीहरुले आवश्यक सेवा प्राप्त गर्न नसकेको, सबै नागरिकको पहुँचमा कोभिड भ्याक्सीन नपुगेको लगायतको सवाल पहिचान गरिएको थियो । यसमा नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई सम्बन्धित सरोकारवाला पहिचान गरिएको छ ।

खाद्यको अधिकारमा सुरक्षित र पोषण युक्त खानेकुराको प्रत्याभूति हुन नसकेको, बजारमा अनुगमन नहुँदा बजारमा म्याद गुज्रीएको सामाग्री बिक्रि वितरण भइरहेको समस्या पहिचान गरिएको थियो । जसमा नगरपालिका स्तरिय अनुगमन समिति, उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलाई सरोकारवाला निकाय पहिचान गरिएको छ ।

आवासको अधिकारमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी तथा यसको अन्यौलताको कारण भूमिहिन सकुम्बासी दलित, अव्यवस्थीत बसोबासी प्रभावित भएको सवाल पहिचान गरिएको थियो । यसको स्थानीय, प्रदेश र केन्द्र सरकारले आवश्यक निर्णय र प्रभावकारी कार्यान्वयन गराउन आवश्यक रहेको सो क्रममा सहभागिहरुको जोड थियो ।

कार्यक्रममा बोल्दै इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले पहिचान भएका सवालहरुमा सम्बन्धीत पहिचान गरिएको सरोकारवालाहरुसंग समस्या समाधानको लागि पहल गरिने बताउनुभयो । कार्यक्रममा मानव अधिकार समुह कावासोतीका सदस्य, विद्यार्थी, पत्रकार, बाल अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।



You might also like
Loading...