ad

निजामती सेवा दिवसमा बृक्षारोपण

14


कावासोती । कर्मचारी मिलन केन्द्र नवलपुरले निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गरेको छ ।

व्यवसायिक सृजनशिल प्रशासन विकास समृद्धि र सुशासन भन्ने नाराका साथ स्थानीय शिव सामुदायिक वन कावासोती २ मा बृक्षारोपण कार्यक्रम गरिएको हो ।



जिल्ला अदालतका न्यायधिस अर्जुन अधिकारी वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै समृद्धि र सुशासन  आवश्यकता हुने हुँदा कर्मचारीहरु ईमान्दार रहनु पर्ने बताए ।

उनले व्यवसायिक र सृजनसिल प्रशासन नभएसम्म नागरिकले सहज रुपमा सेवा पाउन नसक्ने भन्दै त्यसको लागि कर्मचारी सजक हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले कर्मचारी प्रशासन राजनितिक सरकार पछिको सरकार भएकोले जनताको सेवामा ईमान्दारिता साथ लाग्न आग्रह गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा, प्रहरी नायब उपरीक्षक प्रकाश मल्ल, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, शिव सामुदायिक वनका अध्यक्ष मणि भुसाल, जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णचन्द्र पोख्रेल लगायतले निजामती दिवसको अबसरमा शुभकामना दिएका थिए ।

शिव सामुदायिक वनमा मंगलबार करिब १५० बिरुवाहरु रोपिएको थियो । कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष मोहन राज काफ्लेको अध्यक्षतामा भएको थियो ।

 

 

 



You might also like
Loading...