पाएक पर्ने ठाँऊमा वडाकार्यालय बनाउन स्थानीय गाउँ पालिकामा रिले अनसन





पप्पु रेग्मी –
बर्दघाट । पश्चिम नवलपरासीको प्रतापपुर गाँऊ पालिकाको वडा नं.८ मा निर्माण हुने वडा कार्यालय वडाबासीकालागि पाएक पर्ने स्थानमा निर्माण गर्न स्थानीयले माग गरेका छन ।

प्रतापपुर गाँऊ पालिकाको वडा नं. ८ मा निर्माण हुने वडा कार्यालय वडा बासीकालागि पाएक पर्ने स्थानमा नभएको जनाउदै वडाबासीहरुले गाँऊ पालिकाको कार्यालयको गेटमा मंगलवार रिले अनशन बसेका हुन् ।




प्रतापपुर गाँऊ पालिका वडा नं. ८ का वडाबासीलाई वडा अध्यक्ष कादिर अलि अन्सारीले बारम्बार जनतालाई झुक्याउदै आफैले एकलौटी रुपमा निर्णय गर्दै वडा कार्यालय वडाको एक कुुनामा बनाउन लागेको हुनाले स्थानीयले विरोध गर्दै आफुहरु रिले अनशन बसेको संघर्ष समितिका अध्यक्ष मनोज पालले बताए ।

वडा अध्यक्ष अन्सारीले स्थानीयबासीलाई पाएक पर्ने ठाँऊमा वडा कार्यालय बनाउँछु भन्ने आश्वासन दिने गरेको तर वडाको एक कुनामा लगेर वडा कार्यालय बनाउने प्रक्रिया स्वरुप टेण्डर आव्हान गरेको बताईएको छ ।

जनताले जग्गा उपलब्ध गराएर सबैलाई पाएक पर्ने स्थानमा वडा कार्यालय बनाउँछु भन्ने आस्वाशन पाएका जनताले चन्दा संकलन तथा स्थानीयलाई हार गुहार गरी जग्गा दान बाट प्राप्त गरी ४ कठ्ठा जग्गा उपलब्ध गराएता पनि वडा अध्यक्षले एकलौटी रुपमा भवन बनाउदा झण्डै ७ कि.मि.को दुरी हुने भएकोले सेवाग्राहिलाई असुविधा हुने संघर्ष समितिका सचिव सन्तोष राजभरले बताए ।

 




सम्बन्धित
Loading...