हुप्सेकोट ३ बाहेक नवलपुरका सबै वडामा काँग्रेसको वडा अधिवेशन सकियो





नवलपुर । पूर्वी नवलपरासीमा हुप्सेकोट ३ बाहेकका सबै वडामा वडा अधिवेशन सकिएको छ ।

नेपाली काँग्रेस नवलपुरका कार्यालय सचिव गोपाल वस्ताकोटीका अनुसार हुप्सेकोट ३ बाहेकका सबै वडामा वडा अधिवेशन भएको छ ।




अधिकांश वडामा सर्वसम्मत चयन भएको र सहमति नभएका वडाहरुमा पनि केही पदहरुमा मात्र निर्वाचनबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि छनौट भएको उनले बताए ।

हुप्सेकोट ३ मा भने दुई समूहबीच विवाद हुँदा मतपत्र खसाल्ने बाकस नै फालिएपछि मतदान रोकिएको थियो । हुप्सेकोट ३ मा निर्वाचनका लागि नयाँ मिति तय भई नसकेको नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेले बताए ।

लामिछानेका अनुसार अव भदौ २७ गते हुने नगर तथा गाउँ अधिवेशनका लागि नेपाली काँग्रेस नवलपुर तयारीमा जुटेको छ ।

 




सम्बन्धित
Loading...