तिलोत्तमामा असोज ६ गतेदेखि विद्यालय सञ्चालनमा आउने





बुटवल । स्वास्थ्य मापदण्डभित्र रही तिलोत्तमा नगरपालिकामा असोज ६ गतेदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् ।

विद्यालय व्यवस्थापन समिती, शिक्षक, अभिभावक तथा विद्यार्थी लगायतका लागि स्वास्थ्य मापदण्ड बनाएर असोज १ गते भित्र नगरपालिकाको शिक्षा शाखाबाट विद्यालयहरूले सञ्चालनको लागि अनुमति लिन पाउने नगरपालिकाले जनाएको छ |




नगरपालिकाकस प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलद्वारा हस्ताक्षरित सुचनामा एक बेन्चमा २ जनामात्रै राखेर पढाउनु पर्ने छ ।

५०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा अनिवार्य एक जना विद्यालय नर्सको व्यवस्था सहित सरकारले तोकेको स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पालना गर्नु पर्नेछ । हाललाई कक्षा १ भन्दा माथिका कक्षामात्र सन्चालन गरिने सुचनामा जनाइएको छ ।

 




सम्बन्धित
Loading...