ad

२२ दलीय मोर्चाद्धारा नवलपुरमा एमसीसी विरूद्ध विरोध सभा

57

कावासोती । नेपाल कम्युनिष्ट पार्टी सहित २२ दलीय मोर्चाद्वारा नवलपुरको सदरमुकाम कावासोतीमा एमसीसी सम्झौताको बिरुद्धमा बिरोध प्रदर्शन गरेको छ ।


एमसिसिको बिरुद्धमा चर्को नाराबाजी सहित कावासोतीको मुख्य बजार परिक्रमा गर्दै प्रदर्शन कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई २२ दलीय मोर्चामा सम्मिलित मोर्चाका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का गण्डकी प्रदेश इन्चार्ज अनुकुल, नेकपा (मसाल)का प्रतिनिधि भगिरथ भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य विशाल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बिकाराम महतो, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष पिताम्बर तिवारी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य विशालले दलाल सरकारले एमसिसिको नाममा देशको स्वाधिनता बेच्न खोजेको आरोप लगाए ।



 

कार्यक्रमलाई एमसिसि खारेज अभियानका केन्द्रिय सदस्य किसन शर्माले एमसिसी सम्झौता राष्ट्रघाती रहेकाले सम्पूर्ण देशभक्त नागरिक यसको बिरुद्धमा उत्रिनुपर्ने बताएका थिए ।

कार्यक्रममा २२ दलिय मोर्चाका नेता कार्यकर्ताका साथै देशभक्त नागरिकहरुको पनि उल्लेखनीय संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका जिल्ला अध्यक्ष अविनासले गरेका थिए ।

   



You might also like
Loading...