चितवनको पाँच पालिकामा संक्रमितको संख्या शून्य


चितवनको पाँच वटा पालिकामा आज आइतबार एक जना संक्रमित पनि थपिएनन् ।




स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार रत्ननगर र भरतपुरबाहेक अन्य पाँच वटा पालिकामा एक जना संक्रमित पनि थपिएनन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरमा १७ र रत्ननगर नगरपालिकामा जम्मा २ जना संक्रमितमात्र थपिएका छन् ।

खैरहनी, माडी, कालिका, इच्छाकामना र राप्ती नगरपालिकामा आज एक जना कोरोना संक्रमित पनि थपिएनन् । चितवनमा हालसम्म संक्रमितको संख्या २५ हजार २०८ पुगेको छ । हाल चितवनको अस्पताल आइसोलेसनमा ३० जना, होम आइसोलेसनमा ६३९ छन् । चितवनमा हाल सक्रिय संक्रमित ६६९ जनामात्र छन् ।




हालसम्म जिल्लामा २४ हजार १३४ जना निको भएका छन् भने ४०५ जनाको मृत्यु भएको छ ।




सम्बन्धित
Loading...