ad

पार्टीको वडा अधिवेशनमा धाँधली भयो : पौडेल

18

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता बितरणदेखि वडा अधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।

 


कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको बिधान बिधि र पद्धतीलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाए ।



सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरालगायत कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले बताए ।

 

उनले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कव्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने टिप्पणी गरे । उनले नेताको सत्ता लिप्साका कारण नै कांग्रेस कमजोर भएको टिप्पणी गरे ।

 

उनले पार्टीलाई लोकतन्त्रको बाटोबाट बिचलित हुन नदिने प्रतिवद्धता जनाए । १४ महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने उनको विश्वास छ ।



You might also like
Loading...