ad

नवलपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २४ जना घाइते

993


नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० स्मृति पुलमा नजिकै बस र ट्रक मंगलबार विहान एक आपसमा ठक्कर खाँदा ३ जनाको निधन भएको छ भने २४ जना घाइते भएका छन् ।

 

काकँडभित्तादेखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ३ जनाको निधन भएको हो भने २४ जना घाइते भएको हुन् ।

 



दुर्घटनामा परी बर्दिया जिल्लाको बासवासी नगरपालिका ८ निवासी ७० बर्षीया योगमाया सुवेदी, कञ्चनपुर निवासी ४० बर्षीया रंगी तिरुवा र कञ्चनपुरकै महेन्द्रनगर झरारी निवासी ३५ को कृष्ण रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए । मृतक सबै बसमा सवार हुन् ।

 

दुर्घटनामा परी ट्रक चालक १ जना र बाँकी बस चालक सहित बसमा सवार रहेका घाइते भएका हुन् ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर, ७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ ।

 

दुर्घटनामा परी बस सडकदेखि १० फिट तल खसेको थियो । दुर्घटना आज विहान ४ बजेतिर भएको हो ।

घाइतेहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

 

घाइतेहरुको विवरण

१.जि.झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
२.जि.मोरङ विराटनगर मा.न.पा.–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
३. ऐ.ऐ.बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
४.जि.कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।

५. जि.कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.–१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
६. जि.जुम्ला तिला गा.पा.वडा नं.–४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
७. ऐ.ऐ.बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
८. बस चालक जि.कन्चनपुर कञ्चनपुर न.पा.–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।

९. जि.रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।
१०. जि.बर्दिया वाँसगढी न.पा.वडा नं.–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
११. जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
१२. जि.कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
१३. ट्रक चालक जिल्ला प्यूठान प्यूठान न.पा.–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।

१४. जि.सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
१५. जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.वडा नं.–३ वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
१६. जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.वडा नं.–३ वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
१७. जि.न.प.(पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
१८. जि.कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर (रा.अ.कर्मचारी) ।

१९. जि.सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.–७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
२०. जि.महोत्तरी बर्दिवास न.पा.वडा नं.–७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।
लगायत

 



You might also like
Loading...