ad

राप्रपा नवलपुरको जिल्ला अधिवेशन असोज २ गते, अध्यक्षमा ४ जना आकांक्षी

55


नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरको अधिवेशन असोज २ गते कावासोतीमा हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा जिल्ला अध्यक्षका लागि अहिलेसम्म ४ जनाले उम्मेदवार घोषणा गरिसकेका छन् ।

 

राप्रपा नवलपुरका अनुसार अधिवेशनको लागि तयारी तिब्र पारिएको छ । जिल्ला अधिवेशन अघिका वडा अधिवेशन, नगर अधिवेशन, संघ र प्रदेश स्तरको क्षेत्रीय अधिवेशन सकिएको छ ।

 



जिल्ला अधिवेशनमा ९२ वटा वडाबाट २ जनाका दरले १८४ जना, प्रदेश स्तरीय क्षेत्रीय अधिवेशनबाट ६४ जना, संघीय स्तरका क्षेत्रीय अधिवेशनबाट ४२ जना र हालको २७ जना जिल्ला कार्य समितिले मत हाल्न र उम्मेदवारी दिन पाउने छन् ।

 

अधिवेशन नजिकिदै गर्दा राप्रपा नवलपुरका अध्यक्षका लागि ४ जना आकांक्षी देखिएका छन् । स्रोतका अनुसार विष्णु अधिकारी, चन्द्रदत्त जैसी, गुणाखर काफ्ले र नुनबहादुर आले मगरले अध्यक्षमा आकांक्षा देखाएका छन् ।

 

मध्यविन्दु नगरपालिका घर भएका विष्णु अधिकारी पार्टीका जिल्ला सल्लाहार हुन् । त्यसैगरी गैडाकोट निवासी चन्द्रदत्त जैसी पार्टीका हाल जिल्ला वरिष्ठ उपाध्यक्ष भने कावासोती निवासी गुणाखर काफ्ले हालका जिल्ला सचिव हुन् ।

 

त्यसैगरी हुप्सेकोट गाउँपालिका निवासी नुनबहादुर आले क्षेत्र नं. २ का निवर्तमान् क्षेत्रीय अध्यक्ष हुन् ।



You might also like
Loading...