आफ्नै ८ महिने शिशुको हत्या गर्ने दम्पत्ति पक्राउ





बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा बाबु-आमाले आफ्नै नाबालक छोराको हत्या गरेको प्रहरीले जनाएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले ८ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो ।

 

शिशुको हत्या भएको आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे ८ महिनाको नावालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

 




“मृतकको परिवारमा जग्गा सम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको छ,” प्रवक्ता थापाले भने ।

 

प्रहरीका अनुसार घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो । मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको थियो । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।

 

मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबालाई कर्तव्य यान मुद्धामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...