ad

बाल दिवसमा हुप्सेकोटमा वक्तृत्वकला

43


हुप्सेकोट (नवलपुर) । बाल दिवसको अवसरमा हुप्सेकोट गाउपालिकामा वक्तृत्वकला प्रतियोगिता भएको छ ।

माध्यमिक तहमा प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता र आधारभुत तहमा बाल अधिकारको प्रत्याभुति हामी सवैको जिक्मेवारी बिषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो ।



प्रतियोगितामा माध्यमिक तर्फ सरस्वती संस्कृत तथा साधारण माविकी जुनिता अधिकारी प्रथम, सरस्वती सस्कृत तथा साधारण मावि कै रसिक भण्डारी द्वितीय, जनता माविकी अस्मिता घर्ती तृतीय र जनता माविकै यमप्रसाद वुढा सान्त्वना भएका थिए ।

त्यसैगरी आधारभुत तहतर्फ थुम्कीदेवी कोलियाका प्रकृति भुजेल प्रथम, सरस्वती सस्कृत तथा साधारण माविका सुशिला तिवारी द्वितीय, शिक्षा वोधनी माविका केशमाया राना तृतीय र नेपाल शान्ति माविका आइशा कुमाल सान्त्वना भएका छन् ।

कार्यक्रममा वोल्दै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वालवालिकाको हितको लागि गाउपालिकाले विभिन्न रचनात्मक कार्य गर्दै आएको बताए ।

उनले बालमैत्री गाउपालिका वनाउनका लागि आवश्यक सुचक पुरा गर्न विभिन्न अभियान सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइन् ।

 

त्यसैगरी हुप्सेकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले गाउँपालिकाका हरेक योजनाहरु वालवालिका मैत्री हुने गरि सञ्चालन गरिएको वताए ।

गाउपालिका भित्रका सवै विद्यालयमा प्रविधि मैत्री कक्षा कोठा सञ्चानका लागि आवश्यक कार्य सञ्चालन भइरहेको वताए ।

कार्यक्रममा गाउ शिक्षा अधिकारी माधवराज गौतमले वालवालिकालाई सकारात्मक सोचका साथ अध्ययन कार्यमा जुटन आग्रह गरे ।

प्रतियोगितामा हुप्सेकोट गाउँपलिका भित्रका विद्यालयहरुको सहभागिता रहेको थियो ।

 



You might also like
Loading...