ad

गण्डकीमा थप १२५ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

13

गण्डकी प्रदेशमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९९९ जनाको नमुना परीक्षण गरिएकामा १२५ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ६० महिला र ६५ जना पुरुष रहेका छन् ।

 


प्रदेशका ४ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ७८, बागलुङ ६, स्याङ्जा १४, म्याग्दी १, पर्वत १, गोरखा ७, लमजुङ ८, तनहुँ ४ र नवलपरासी पूर्वमा ६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ९३८ पुगेको छ ।

गण्डकीमा बुधबार स्याङजा वालिङ–१ का ८४ बर्षिय पुरुष र तनहुँ, भिमाद नगरपालिका –८ का ५३ बर्षिय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३५ पुगेको छ ।



प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ८९१ पुगेको छ ।

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ७१२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।



You might also like
Loading...