ad

नवलपुरमा आज ६ संक्रमित थपिए, सक्रिय संक्रमित १ सय २५

42


नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ६ जना नयाँन् संक्रमित थपिएका छन् । ३८ जनामा परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरको देवचुलीमा ३, मध्यविन्दुमा १, हुप्सेकोटमा १ र बुलिङटारमा १ जना गरी ६ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो ।



त्यसैगरी बुधबार १० जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या जम्मा १ सय २५ जना मात्र रहेका छन् । ति मध्ये मध्यविन्दु जिल्ला अस्पतालमा ३ जनाको उपचार भईरहेको छ ।

नवलपुरमा अहिलेसम्म कोभिड १९ का कारण १ सय ७० जनाको निधन भएको छ । नवलपुरमा हालसम्म १० हजार ६ सय ७२ जना संक्रमित भएका छन् ।

 



You might also like
Loading...