ad

कविता प्रतिविम्ब    

16

  • पितम्बर चापागाई –

 


शुभप्रभात, नवभावना लिएर

साहित्य जगतमा उदाउन खोजे



भmण्डै दुई दशक लाग्न खेजेछ

समयले कहाँ पर्यायो अनि झस्केर

प्रतिविम्ब आयो

जिवन जगत भित्र

अल्पतामा

जिवनको लुप्त परिचय

लुप्त प्रतिभालाई परिचित गराउन

पुनः साहित्यको ढोकामा आईपुगे

स्वाशतका अनमोल भावनाहरु भेटे

नेपथ्यबाट एउटा प्रश्न आउछ

कता हराएको

समयको अनेक मोडहरु

भित्र शैर गर्दा गर्दै

जिवनले बाटो अन्तै मोडेछ

सुन्दर कल्पनाका समनाहरु

क्षणिक बनेर

सबै समयको परिवन्दले बाधिन्छ

कला, संस्कृति, संस्कारहरु

मानव सभ्यताको आधार बनी

जगत चराचर सृष्टि भित्र

प्रतिविम्ब हुन्छ

नौला विचार,

नव समयका कला सौन्दर्यता

प्रतिविम्ब हुन्छ

छल्केर भावको लहरले

साहिन्यको नवकृतिको उदय हुन्छ

जिवन बनेर सदैव

साहित्य जगतमा

नव भावना बोकेर शुभ प्रभातमा

प्रतिदिन प्रतिविम्ब हुन्छ ।

 

– सुनवल ४ नवलपरासी ।



You might also like
Loading...