भरतपुरमा प्रहरी चौकीकै छेउको सहकारीमा चोरी





विवेक पोख्रेल –
भरतपुर, भदौ ३१ । प्रहरीचौकी छेउमानै रहेको एक सहकारीमा चोरी भएको छ ।

 

शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर १४, शिवनगरमा गएराती चोरी भएको हो ।

 




चोरी भएको सहकारी अस्थायी प्रहरी चौकी शिवनगर छेउमानै छ । सहकारीको अध्यक्ष सरस्वती पाण्डेका अनुसार ग्रील भएको झ्याल तोडेर चोरल सहकारी बाट नगद ८ लाख ३६ हजार रुपैया चोरी गरेका छन् । सिसि क्यामेरामा अन्दाजी ३५/४० वर्षका दुई युवाहरु देखिन्छन् ।

 

उनिहरु मध्ये एकले पिपिइ लगाएको आर्कोले माक्स लगाका छन् । चोरी भएको जानकारी प्राप्त हुना साथ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

 

सिसिटिभिमा १ बजे तिर चोरी भएको देखिएपनि विहान १० बजे कार्यलय खोल्न आउँदा कर्मचारीले चोरी भएको थापाएपछी प्रहरीलाई खबर गरेका थिए । रेमिट्यान्स सुविधा समेत रहेको यस सहकारीमा १८ सय बढी सदस्य छन् ।




सम्बन्धित
Loading...