ad

लघुकथा : अमूल्य निधि

18


  • तुलसी पण्डित –

 

धेरै अघिको कुरा हो पश्चिमा देशहरु भन्दा पूर्वीय देशहरु ज्ञान विज्ञान र साहित्यको क्षेत्रमा धेरै अगाडि थिए ।उनीहरुले विना इन्धनबाट उड्ने पूष्पक विमान बनाएका थिए।जो आदेश दिएको भरमा उड्ने गर्थ्यो ।



मन्त्रका बलले धनु बाण बाट कहिले पानी बर्षन्थ्यो । कहिले आगो बर्षन्थ्यो । कहिले पर्वत उठाएर ल्याउँथ्यो ।कहिले एउटै बाँणबाट हजारौ बाँण निस्कन्थे ।कहिले तीनै बाँणबाट हजारौ सर्प निस्कन्थे ।यस्तो अद्भुत शक्ति थियो पूर्वीयाहरुसंग ।

प्रकाण्ड विद्धान ऋषिमुनिहरु पूर्वमा नै जन्मेका थिए । जसका अमूल्य कृति अनगिन्ति थिए ।जस्का कृतिका शब्द शब्दले अजेय शक्ति प्राप्त हुन्थ्यो ।
शब्द शब्दको असिमित अर्थ हुन्थ्यो ।जस्तै बेदका शब्द शब्दमा अजय शक्ति लुकेको छ । गीता विश्वकै अमुल्य निधि हो ।ती किताबहरुमा ज्ञान विज्ञान अर्थ सबै समेतिएको थियो ।

ठूला ठूला ऋषिमुनि र विद्धानहरुले लेखेका किताबहरुको पूर्वमा एउटा ठूलो सङ्ग्रालय थियो ।त्यहाँ अनगिन्ति महत्वपूर्ण किताबहरु थिए । ती अमूल्य किताबहरुको महत्व बुझे पश्चिमाहरुले । त्यसैले उनीहरुले सङ्ग्रालयमा आक्रमण गरी त्यहाँ भएका अमूल्य निधि लिएर गए । जसको अध्ययन गरेर उनीहरुले समस्त क्षेत्रको विकास गर्न सफल भए ।जहाज क्षेप्यास्स्र र रकेटहरुको विकास तिनै पूर्वीया किताबहरुको देन हो । एक प्रकाण्ड विद्वानले भन्दै थिए । “यति महत्वपूर्ण कितावहरुको पूर्वीयाहरुलाई कुनै चासै छैन । अझ त्यहाँ अमूल्य निधीहरु छन् । हामीले खोजविन गरी आफ्ना देशमा ल्याउँनु पर्छ ।”

  • भरतपुर चितवन ।
  • नमस्ते आधुनिक लघुकथा मञ्च’ फेसबुक समूहमा यस हप्ता पोस्ट भएका लघुकथाहरुबाट उत्कृष्टमा पर्न सफल लघुकथा ।


You might also like
Loading...