रामग्राममा २६६ जना अपांगतामा सूचिकृत


परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा हालसम्म कुल २ सय ६६ जना अपांगता भएका व्यक्ति सूचिकृत भई कार्ड प्राप्त गरेका छन् । सो विवरण २०७५ फाल्गुनदेखि अहिलेसम्म भएको बताइएको छ ।




नगरपालिकाले अपाड्डता भएका व्यक्तिहरुलाई विभिन्न रंगका कार्ड प्रदान गरी अपाड्डता वर्गीकरण गर्ने गरेको छ । विभिन्न चार प्रकारका रड्डहरुको अपाड्डता कार्ड परिचय पत्रको रुपमा प्रदान गर्ने गरीएको महिला बालबालिका शाखाका प्रमुख तारा अर्यालले जानकारी दिइन् ।

 

पूर्ण रुपमा अशक्तलाई रातो कार्ड, अति अशक्तलाई निलो कार्ड, मध्यम अपाड्डतालाई पहेलो कार्ड र सामान्य अपाड्डलाई सेतो कार्ड दिएर पहिचान खुलाइएको छ ।

 


रामग्राम नगरपालिकामा पूर्ण अपाड्ड अर्थात ‘क’ बर्गका अपाड्डको संख्या ७१ रहेको छ । त्यस्तै अति अशक्त अर्थात ‘ख’ वर्गका अपाड्डको संस्था १ सय ४२ रहेको छ । त्यस्तै मध्यम अर्थात ‘ग’ वर्गका अपाड्डको संख्या ३३ छ भने सामान्य अर्थात ‘घ’ वर्गको अपाड्ड २० जना रहेको नगरपालिकाले जनाएको छ ।

अपाड्डताको वर्गीकरण अनुसार राज्यले सेवा सुविधा पनि प्रदान गरेको छ । रातो अर्थात पूर्ण अशक्तलाई मासिक ४ हजार, निलो अर्थात अति अशक्तलाई मासिक २ हजार एक सय २८ दिने गरिएको छ । त्यस्तै पहेलो तथा सेतो अर्थात मध्यम र सामान्य अपाड्डता भएकाहरुलाई राज्यले विभिन्न निकायहरुमा छुटको व्यवथा गरेर सेवा प्रदान गर्दै आएको शाखा प्रमुख अर्यालले जानकारी दिए।




सम्बन्धित
Loading...