ad

राप्रपा नवलपुरको अध्यक्षमा विष्णु अधिकारी

56


नवलपुर । राष्ट्रिय प्रजातन्त्र नवलपुरको कावासोतीमा भएको जिल्ला अधिवेशनले विष्णु अधिकारीको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको छ ।

 

अहिलेलाई २३ सदस्य कार्य समिति गठन गरिएको हो भने पदाधिकारीहरु पछि चयन गरिने जनाइएको छ ।

 



सदस्यहरुमा विरबहादुर कार्की, चन्द्रकला कंडेल, काशीराम सापकोटा, चन्द्रकला खड्का, पिताम्बर भुसाल, उमादेवी तिवारी, हिरालाल सापकोटा, गुणलाल श्रेष्ठ, मनरुपा जैसी, सोमबहादुर भण्डारी क्षेत्री, राजकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, बेगम विक, विमल रिमाल, बमबहादुर मल्ल लगायत रहेका छन् ।

 

त्यसैगरी सदस्यहरुमा गुणाखर काफ्ले, विश्वनाथ सापकोटा, यदुनाथ जैसी, देवीप्रसाद न्यौपाने, निर्मला गुरुङ, उमेश कार्की र निर्मला घिमिरे निर्विरोध सदस्यमा निर्वाचित भएका हुन् । पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने छ ।

 

अधिवेशनको पूर्व गृहमन्त्री एवम् राप्रपाका वरिष्ठ नेता बृद्धिमान तामाङले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनले नेपालमा हिन्दु राष्ट्र सहितको राजतन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले राप्रपा एमसीसीको विपक्षमा रहेकोमा जोड दिए ।

 

कार्यक्रममा कार्यसम्पादन समिति सदस्य बिन्दु पहाडी, केन्द्रीय सदस्य निलकन्ठ काफ्ले लगायतले शुभकामना दिएका थिए ।

दलबहादुर के सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुणाखर काफ्लेले गरेका थिए ।



You might also like
Loading...