ad

अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ

28


नवलपुर । अन्तराष्ट्रिय जगत क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु पर्ने एन् प्याब्सन नवलपुरका अध्यक्ष रमेश अधिकारीले बताए ।

 

उनले शनिबार नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन पूर्वी नवलपरासी कावासोतीको दोस्रो नगर अधिवेशनलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।

 



अध्यक्ष अधिकारीले संस्थागत वा सामुदायिक विद्यालयमा अध्ययन गरेका हुन्, तर अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने खालको प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्नसक्नु पर्ने बताए ।

 

यस्तै कार्यक्रममा बोल्दै एन प्याब्सन केन्द्रीय सचिवालयका सदस्य दिपकराज लम्सालले नेपालमा स्थायित्व सरकार नभएका कारणले गर्दा शिक्षाका केही ऐनहरु जारी हुन नसकेको बताए ।

 

कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको माध्यमबाट राष्ट्र पुजीँपतिवर्गको उत्पादन गर्न चाहेको पनि बताएका थिए । पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीतिलाई नियन्त्रण गर्न सकियो भने गुणस्तरीयता शिक्षा आउने समेत बताएका थिए ।

 

कार्यक्रममा सबैको सहकार्यले संस्थागत हकहित तथा अधिकारको लागि प्याब्सनलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको पनि बताएका छन् ।

 

कार्यक्रम प्याब्सन कावासोती नगरका अध्यक्ष भोजराज दाहालको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा भएको थियो ।

 



You might also like
Loading...