यो संविधानले जनताको जीवन रक्षा गर्दैनः क्रान्तिकारी माओवादी


नवलपुर । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले यो संविधानले जनताको जीवन रक्षा नगर्ने बताएको छ ।

 




वर्तमान संविधान जनपक्षीय नरहेको र अहिलेको संसदीय व्यवस्था पनि जनहितमा नरहेको भन्दै नेकपा क्रान्तिकारी माओवादी नवलपुरले जनताको शासन व्यवस्था कायम गर्नका लागि जनसंविधान र जनसत्ता ल्याउनु आवश्यक रहेकोमा जोड दिएको हो ।

 

संविधान दिवसलाई क्रान्तिकारी माओवादी कालो दिनको रुपमा मान्दै आएको छ । आज संविधान दिवसको दिन विज्ञप्ति जारी गर्दै क्रान्तिकारी माओवादी नवलुरका सेक्रटरी उत्तम थापाले अहिलेको व्यवस्थाको उपज नै भ्रष्टचार, कालोबजारी मौलाएको बताए ।

 


त्यसैगरी एमसीसी कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नहुनेमा जोड दिँदै विज्ञप्तिमा नेपालमा एमसीसी परियोजनाको नाममा अमेरिकी सेनाको साम्राज्य खडा गर्न खोजिए त्यसको डटेर सामना पर्ने पनि बताएका छन् ।

 




सम्बन्धित
Loading...