ad

कावासोतीमा स्कुटीलाई ठक्कर दिएर स्कारपियो फरार, दुई जना घाइते

255


कावासोती । पूर्वी नवलपरासीको कावासोती इन्द्र चोकमा स्कुटीलाई स्कारपियोले ठक्कर दिएर फरार भएको छ ।

नम्बर नखुलेको स्कारपियोले आइतबार दिउँसो ना ३२ प ६९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटी चालक र स्कुटीमा सवार दुवै जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।



दुर्घटनामा परी स्कुटी चालक कावासोती १ निवासी ५० बर्षीया गंगा भण्डारी र स्कुटीमा सवार २० बर्षीय आरती भण्डारी घाइते भएका हुन् । आरतीको अवस्था सामान्य रहेको जनाइएको छ ।

स्कुटी चालक गंगा भण्डारीको भने नवलपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।



You might also like
Loading...